घैयाबारी ग्राम पञ्चायत दुई तीनधारेमा बिदाई अनि स्वागत कार्यक्रम सम्पन्न

IMG-20230610-WA0314.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत तीनधारेको लालमाट्टीस्थित घैयाबारी ग्राम पञ्चायत दुईको कार्यालयमा बिदाई अनि स्वागत कार्यक्रम सम्पन्न भएको छ। तीनधारेको लालमाट्टीस्थित घैयाबारी ग्राम पञ्चायत दुई कार्यालयमा भीसीडी, भीएसडी, पञ्चायत कार्यालयको स्थायी कर्मचारी साथै अस्थायी कर्मचारीहरूद्वारा पुरानो पदाधिकारीहरूलाई बिदाई अनि नयाँ पदाधिकारीहरूलाई स्वागत जनाएका थिए। उक्त कार्यक्रम अञ्जु लामा बम्जनको अध्यक्षतामा सम्पन्न भएको थियो भने मुख्य अतिथिको रूपमा स्थान्तरण भएर गएका पञ्चायत सचिव देवन्ती छेत्री उपस्थित रहेका थिए। उनलाई आयोजक समितिको पक्षबाट खदार्पणसहित स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइएको थियो। उनी यहाँबाट स्थान्तरण भएर दार्जिलिङको लेबोङ जाने भएको छ। त्यसरी नै घैयाबारी ग्राम पञ्चायत दुईमा पञ्चायत सचिवको रूपमा बिजनबारीबाट आएका सुमन दर्नाललाई स्वागत जनाएका छन्। उनलाई पनि खदार्पणसहित स्मृति चिन्ह प्रदान गरेर स्वागत जनाएका छन्। कार्यक्रममा बिदाई भएक गएका पञ्चायत सचिव देवन्ती छेत्रीले आफ्नो सम्बोधनमा तीनधारे क्षेत्रमा आएर सबैसित काम गरेको र सेवा गर्ने मौका पाएको बताउँदै कुनै भूल त्रुटि भएकोमा खण्डमा अन्यथा नसम्झि भुलिदिने बताइन्। त्यसरी नै सचिवको रूपमा आएका नयाँ अधिकारी सुमन दर्नालले अब हामी सबै मिलेर कार्य गर्नु पर्ने र सरकारको नियम र आदेशलाई सर्वोपरि सम्झेर गाउँको र जनताको विकासको लागि कार्य गर्ने आह्वान् गरेका छन्। कार्यक्रमलाई छुमा लामा प्रधानले सञ्चालन गरेका थिए। कार्यक्रमको अध्यक्ष अञ्जु लामा बम्जनले उपस्थित सबैलाई धन्यवाद दिएका थिए भनी तीनधारेबाट नरेन बम्जनले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement