१० जूनः नगरपालिका परिषद पौरी गड़वाल (उत्तराखण्ड)-द्वारा आयोजित अल इण्डिया ग्रीष्मोत्सव फूटबल प्रतियोगितामा कञ्चनजंघा फूटबल क्लब (केएफसी)-ले फाइनलमा स्थान बनायो। केएफसी-ले आज खेलिएको सेमिफाइनल म्याचमा पौरी युनाइटेड एफसी-लाई २-१-ले पराजित गऱ्यो। म्याचको शुरुमै गोल खाएपछि केएफसी-ले असाधारण पुनरागमनको साथ २ गोल गरी म्याच जित्यो। विजेता टीमबाट अभिषेक दर्जीले ७७औं र अनित राईले ८३औं मिनटमा गोल गरे। केएफसी-ले अब ११ जूनमा खेलिने फाइनलमा गड़वाल हीरोज, दिल्लीको चुनौती स्वीकार्नेछ। केएफसी-को टीमसँग म्यानेजरको रूपमा बिपेन थापा रहेका छन्।