दुई स्तरीय हुने भएकोले दागोपाप जिउँदो रहेको र सुवास घिसिङ सही भएको प्रमाण ठहर भएको छ: गोरामुमो
दार्जिलिङ: आज गोरामुमो केन्द्रीय कार्यालय दार्जीलिङमा गोरामुमो अध्यक्ष मन घिसिङको अध्यक्षतामा केन्द्रीय समितिको बैठक बसेको छ। आजको बैठकमा पञ्चायत चुनाव विषय लिएर व्यापक चर्चा परिचर्चा गरियो। आजको बैठकमा चारैवटा ब्राञ्च कमिटीका अध्यक्ष/सचिव लगायत सम्पुर्ण भातृ संगठनका अध्यक्ष/सचिवहरुको पनि उपस्थिति रहेका थिए। सभापछि गोरामुमो केन्द्रीय समिति सेक्रेटरी जनरल ऋषि थापाले पत्रकारहरुलाई जानकारी गराउँदै भने, आजको केन्द्रीय समितिको बैठकमा गोरामुमोले पञ्चायत चुनावमा भाग लिने निर्णय लिएका छन्। एउटा खुशीको कुरा पनि छ पञ्चायत चुनाव दुई स्तरीय हुने भएको छ किनभने यो दागोपापको ऐन अनुसार हुँदैछ र अहिले पनि दागोपाप जिउँदो रहेको प्रमाण भएको छ र गोरामुमो संस्थापक अध्यक्ष सुवास घिसिङ सही भएको प्रमाण ठहर भएको छ। सुवास घिसिङले २०१२ मा जीटीएको वैधानिकतामाथि चुनौती दिन्दै उच्च न्यायलयमा मुद्दा दायर गरेका थिए। त्यो सही प्रमाणित भएको र नैतिकताको आधारमा हामीले मुद्दा जितिसकेको र न्यायलयको मौखिक निर्णय रहेको ऋषि थापाले जनाएका छन्। पत्रकारहारुले सोधिएको प्रश्नको उत्तर दिदै भने, हाम्रो मूल मुद्दा भ्रष्टाचार, बेरोजगार र पहाडमा स्वरोजगारको पहलहरुमा केन्द्रित रहने छन्। गठबन्धनको विषयमा पार्टीले चाढै निर्णय लिने साथै गठबन्धनको निम्ति ढोका खुल्ला रहेको ऋषि थापाले जानकारी गराएका छन्। जीटीएमा तीन स्तरीय चुनावको प्रवधान रहेको तर जीटीए चाहानेहरुले कसरी दुई स्तरीय चुनावमा भाग लिन्दैछ भनी ऋषि थापाले प्रश्न गर्दै भने, उनीहरुले दागोपापलाई थुकेको थियो तर थुकेको थुकलाई कसरी चाट्दैछ। जसरी हामी जीटीए अंसवैधानिक व्यवस्था हो भनेर चुनावलाई बहिष्कार गरेका थियौं त्यसरी नै जीटीए चुनावमा भाग लिनेहरुले पनि अब दुई स्तरीय पञ्चायत चुनावलाई बहिष्कार गर्नु सक्नुपर्छ भनी ऋषि थापाले चुनौती समेत दिए। सुवास घिसिङ नेता मात्र नभएर एउटा दार्शनिक पनि थिए र आज उनलेबनाएको बाटोमा केन्द्र सरकार अनि राज्य सरकार झुक्न बाध्य बन्यो। यसै खुसीमा आज पार्टी कार्यालयमा मिठाई खाएर खुशी पनि मनाएको जानकारी प्राप्त भएको छ।