याङगाङमा मेरो रुख मेरो सन्तति कार्यक्रमको शुभारम्भ

si-2

गान्तोकः एक जना शिशुको जन्म हुँदा एक सय विरुवा लगाउनुपर्ने सिक्किम सरकारको मेरो रुख मेरो सन्तति योजना दक्षिण सिक्किमको राङ्गाङ-याङगाङ निर्वाचन क्षेत्रले शुभारम्भ गरेको छ। जन्मिएका १२ जना नानीको नाममा विरुवा लगाएर योजनाको शुभारम्भ गर्न हिजो शुक्रवार अप्पर याङगाङको सानो ढप्परमा वन विभागले कार्यक्रम आयोजन गरेको थियो। यस अवसरमा विभिन्न प्रजातिका ३०० विरुवा रोपेर क्षेत्रमा योजना शुरु गरियो।

मेरो रुख मेरो सन्तति कार्यक्रमको अवसरमा क्षेत्र विधायक राजकुमारी थापा, स्थानीय पञ्चायत, एसडीएम, वन विभागका कर्मचारी र नवजात शिशु सहित आमाहरूको उपस्थिति रहेको थियो। वन विभागको सहयोगमा नानी जन्मिएका परिवारले एक सय विरुवा लगाउनुपर्ने यस योजनाले राज्यको पर्यावरणमा संरक्षण हुने साथै नानीको जन्म पनि सदैव स्मरणीय रहनेछ।

याङ्गाङको कार्यक्रममा सहभागी आमाहरूलाई वन विभागले नानीको नाममा विरुवा रोपिएको प्रमाणपत्र प्रदान पनि गरेको छ। कार्यक्रममा उपस्थित रहेकी क्षेत्र विधायक राजकुमारी थापाले सरकारको यस महत्त्वकाँक्षी योजनालाई सबैले बुझेर पर्यावरण संरक्षणका लागि सफल बनाउनुपर्ने आग्रह गरिन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement