नाम्चीः नाम्ची जिल्लाअन्तर्गत राभाङला बीएसी कार्यालयको खण्ड विकास अधिकारी सन्जिबदास राईले पञ्चायत, पार्टी कार्यकर्ता र सम्बन्धित विभागीय अधिकारीको साथमा बर्फुङ जारोङ ग्राम पञ्चायत एकाईकाे जारोङ वार्ड निवासी पवनकुमार राईको निमार्ण गर्नुपर्ने सिक्किम गरीब आवास योजना घरको निरीक्षण गरे।
जारोङ वार्डमा सरकारबाट जम्मा तीनवटा सिक्किम गरीब आवास योजनाका घर अनुमाेदन भएर आएको छ। दुईवटा घरको निमार्ण कार्य पूरा भएर लाभार्थीहरूलाई सुम्पिएको छ भने पवनकुमार राईकाे घर अहिलेसम्म निमार्ण हूनु सकेको थिएन। आज खण्ड विकास अधिकारीको उपस्थितमा भ्रमणपछि घर निर्माण मार्ण कार्य शुरू गर्नुपर्ने निर्णय लिइएको छ।
जारोङ निवासी पवनकुमार राईको गरीब आवास योजनाकाे घर सरकारबाट अनुमाेदन भएर पनि आजसम्म निमार्ण हुन नसकेकोमा दुख प्रकट गर्दै अब चाॅंडै घर निमार्ण कार्य शुरू गर्नु पर्ने खण्ड विकास अधिकारीले सम्बन्धित विभागीय अधिकारी र ठेकेदार पक्षलाई कड़ा निर्देश दिएका छन्। यस अवसरमा पञ्चायत सभापति अनिल राई, पञ्चायत सहायक निर्देशक सोनाम भोटिया, सम्बन्धित विभागका कनिष्ठ अभियन्ता भिगुसन राई, पूर्व पञ्चायत कर्णबहादुर राई, सुपरवाइजर टिकाराम छेत्री, एसकेएम बर्फुङ मिडिया कर्मी पर्शु वालिङ आदिकाे उपस्थिति रहेकाे थियाे।
-हिस