पञ्चायत चुनाउः केन्द्रीय गृह राज्यमन्त्रीको उपस्थितिमा भाजपा प्रत्याशीहरूले नामांकन भरे

00-1-Chhetriya-Samachar-1

कूचबिहारः केन्द्रिय गृह राज्यमन्त्री निशीथ प्रमाणिकको उपस्थितिमा शनिवार भाजपा प्रत्याशीहरूले पञ्चायत चुनाउका लागि आफ्नो नामांकन पत्र भरे। केन्द्रिय गृह राज्यमन्त्री निशीथ प्रमाणिक, भाजपा जिल्लाध्यक्ष सुकुमार राय, विधायक निखिल रन्जनले भाजपा प्रत्याशीको साथ ऱ्याली गरी दिनहाटा-२ नम्बर बीडीओ कार्यालय पुगे। यसपछि निशीथ प्रमाणिकले स्वयं खड़ा भएर भाजपा प्रत्याशीहरूलाई नामांकन पत्र जमा गर्नका लागि बीडीओ कार्यालयमा पठाए।

वस्तुतः पञ्चायत चुनाउको मिति घोषित भएपछि शुक्रवारदेखि नामाकंनको प्रक्रिया पूरा राज्यमा शुरू भएको छ। धेरै जिल्लाहरूबाट नामांकन प्रक्रियामा छिटपुट घटनाहरू अघि आइरहेछ। यस्तो स्थितिमा भाजपा प्रत्याशीले आफ्नो नामांकन पत्र सही तरीकाले जमा गर्नसकुन्, यसको निम्ति केन्द्रिय गृह राज्यमन्त्री निशीथ प्रमाणिकले स्वयं खड़ा भएर उम्मेदवारहरूलाई नामांकन पत्र जमा गर्न लगाए।

-हिस

About Author

Advertisement