पहिलो नामाङ्कन शान्तिपूर्ण सम्पन्न

5c465fac-cf26-48a9-bc84-9a683b17512f

कालचिनीः आगामी ८ जुलाईको दिन पञ्चायत चुनाउको घोषणा हुने बित्तिकै अहिले विभिन्न राजनैतिक दलहरूको कार्यालयमा भीड़भाड़ बढ़्न थालेको देखिएको छ भने नामाङ्कन शुक्रबारदेखि नै जमा लिने मिति शुरु भएता पनि शुक्रबार कुनै पनि प्रार्थीहरूले नामाङ्कन जमा दिएनन्। आज शनिबार भने कालचिनी बीडीओ कार्यालयमा सत्तारूढ़ तृणमूल छोड़ेर भाजपा र बाममोर्चाका प्रार्थीहरूले नामाङ्कन जमा दिएको थियो।
नामाङ्कन शान्तिपूर्वक सम्पन्न भएको सम्बन्धित दलको नेता अनि प्रार्थीहरूले जनाएका छन्। यता नामाङ्कन पत्र जमा गर्ने अपरान्ह समय शेष भएकोले शनिबार धेरै प्रार्थीहरूले नामाङ्कन जमा दिन नपाएको गुनासो व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement