गान्तोक: गत ७ जूनदेखि राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले पश्चिम सिक्किमको भ्रमण शुरू गरेका छन्। तीन दिनसम्म मानेबुङ देन्ताम निर्वाचन क्षेत्रका जनतासँग भेट गर्दै उनीहरूको समस्या साथै गुनासो सुन्दै आफ्नो तर्फबाट हुन सक्ने कार्य गरे। यसै क्रममा आज उनले दैलोमा प्रशासन अभियानअन्तर्गत रिञ्चेनपोङ समष्टिका जनतासँग भेट गर्न पुगेका राज्यका मुख्यमन्त्री पीएस गोलेले आज बिहान त्यहाँको डाकबङलामा विभिन्न कार्यक्रमको उद्घाटन गरे। सर्वप्रथम उनले ‘वाटर शेड कार्यक्रम प्रवेश बिन्दु गतिविधि र जहाँ सामाजिक सम्पत्ति (पोर्टेबल पावर जेनेरेटर), साउण्ड सिस्टम, चिया कफी डिस्पेन्सर, टेण्ट, वाटर प्युरिफायर लगायत अन्य विभिन्न उपकरणहरू ४ ग्राम पञ्चायतलाई हस्तान्तरण गरे। साङ्गा दोर्जी, सुलडुङ कामलिङ, परेङगाउँ अनि ताकुथाङ ग्राम पञ्चायतलाई उपरोक्त उपकरणहरू मुख्यमन्त्रीले हस्तान्तरण गरे। योसँगै उनले रिञ्चेनपोङ समष्टिका ६ वटा दूग्ध संघका ६ जना कृषकलाई वन विभाग र पशुपालन विभागसँगको सहकार्यमा ७५-७५ हजार रुपियाँको चेक वितरण गरे।
यस अवसरमा वन्यजन्तु विभागले वन क्षेत्र अधिकारीलाई स्मार्ट स्टिक पनि दिएको छ, जुन मुख्य रुपले सट्टा झटका र आवाजमार्फत जनावरहरूलाई डराउन प्रयोग गरिनेछ।
मुख्यमन्त्रीले नागरिकहरूको आँगनमा प्रशासन ब्यानरको पनि शुभारम्भ गरे जुन सोरेङ जिल्ला प्रशासनको पहल हो। यसले मानिसहरूलाई घरदैलो प्रशासनबारे सजिलोसँग सहयोग पुऱ्याउनेछ।

यस अवधि मुख्यमन्त्रीको मन्त्री, विधायक, सल्लाहकार, अध्यक्ष सचिवगण जिल्लापाल लगायत अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो।