खरसाङ सुपर लीग: कञ्चनजंघा फूटबल क्लबको रोमाञ्चक जीत

photocollage_20236101976242.jpg

१० जूनः फूटबल खेल र खेलाड़ीहरूका जमीनी स्तरबाट विकासमा निरन्तर कार्य गर्ने खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित खरसाङ सुपर लीगमा कञ्चनजंघा फूटबल क्लब (केएफसी)-ले रोमाञ्चक जीत हासिल गऱ्यो। चानमारी मैदानमा शनिवार खेलिएको दोस्रो म्याचमा केएफसी-ले महानदी एफसी-लाई १-०-ले पराजित गऱ्यो। ग्रुप बी-को यस म्याचमा विजेता टीमबाट नवांग तामाङले एकमात्र गोल गरे। आजको म्याचमा प्रतीक गुरुङ मुख्य रेफरी रहेका थिए। यसरी सहायकको भूमिकामा सलिम गुरुङ र प्रमोद प्रधान थिए। फोर्थ अफिसियलको जम्मेवारी सत्यम थापा र सञ्जय थापाले निर्वाह गरेका थिए। लीगमा खरसाङ निर्वाचन छेत्रका जम्मा ११ वटा टीमले हिस्सा लिएको छ, जसमा सुकनाको कञ्चनजंघा फूटबल क्लब (केएफसी) पनि सामेल छ। दुईवटा सेमिफाइनल २२ जूनमा खेलिनेछ। फाइनल २५ जूनमा हुनेछ। लीगको फाइनलमा पुग्ने दुईवटा टीमलाई आउँदो हर्ली कपमा सिधै प्रवेश दिइनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement