अलीपुरद्वार: बीजेपी र आरएसपीले शनिबार कालचिनी ब्लक पञ्चायतका लागि नामांकन दर्ता गरे। भाजपाका ३० र आरएसपीका ३ पञ्चायत सदस्यले नामांकन जमा गरे। कालचिनी, गरोपाडा, चौपारा, जयगाउँ ग्राम पञ्चायतका ३० जनाले भाजपाको तर्फबाट नामांकन जमा गरेको भाजपा जिल्ला सचिव राजेश बरलाले बताए। जयंगाउ क्षेत्रबाट ३ आरएसपी उम्मीद्वारहरु पञ्चायतका लागि नामांकन जमा गरे। कालचिनीमा शान्तिपूर्ण रुपमा उम्मेदवारी दर्ता भएको भाजपा र आरएसपी नेताहरुले बताएका छन्।