प्रधानमन्त्रीले भोलि गर्नेछन् देशकै पहिलो राष्ट्रिय प्रशिक्षण सम्मेलनको उद्घाटन

00-1-PM-Modi-2

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार बिहान १०:३० बजे प्रगति मैदानको अन्तरराष्ट्रीय प्रदर्शनी साथै सम्मेलन केन्द्रमा देशकै पहिलो राष्ट्रीय प्रशिक्षण सम्मेलनको उद्घाटन गर्नेछन्। उनले कार्यक्रममा आफ्नो सम्बोधन पनि राख्नेछन्। उक्त आशयको जानकारी गराउँदै आज प्रधानमन्त्री कार्यालय (पीएमओ)द्वारा जारी विज्ञप्ति मार्फत गराइएको छ। विज्ञप्तिमा उल्लेख गरिए अनुसार प्रधानमन्त्री मोदी प्रशासनिक सेवामा क्षमता निर्माणको माध्यमबाट देशको शासन प्रक्रिया एवं नीति कार्यान्वयनमा सुधारका पक्षधर रहेका छन्। यस भिजनको मार्गदर्शनमा राष्ट्रिय प्रशासनिक सेवा क्षमता निर्माण कार्यक्रम (एनपीसीएससीबी) ‘मिशन कर्मयोगी’ आरम्भ गरियो ताकि सही दृष्टिकोण, कौशल अनि ज्ञानसँगसँगै भविष्यका आवश्यक्ताहरू अनुरूप प्रशसानिक सेवा तयार गर्न सकियोस्। यो सम्मेलन यसै दिशा तर्फ अर्को एउटा कदम हो।

देशभरिका प्रशासनिक सेवा प्रशिक्षण संस्थानहरूमाझ आपस्तमा सहयोगलाई बढ़ाउन तथा प्रशासनिक अधिकारीहरूको लागि प्रशिक्षण पूर्वाधारलाई सुदृढ़ बनाउने उद्देश्यले क्षमता निर्माण आयोगद्वारा राष्ट्रीय प्रशिक्षण सम्मेलन आयोजना गरिँदैछ। सम्मेलनमा केन्द्रीय प्रशिक्षण संस्थानहरू, राज्य प्रशासनिक प्रशिक्षण संस्थान, क्षेत्रीय र मण्डल प्रशिक्षण संस्थान तथा अनुसन्धान संस्थान सहित प्रशिक्षण संस्थानहरूका १५०० भन्दा अधिक प्रतिनिधिहरूले भाग लिनेछन्। विचार-विमर्शमा केन्द्र सरकारका विभागहरू, राज्य सरकारहरू, स्थानीय सरकारहरूका प्रशासनिक अधिकारी सहित निजी क्षेत्रका विशेषज्ञहरूले पनि सम्मेलनमा भाग लिनेछन्।

यो सभाले विचारहरूको आदान-प्रदानलाई प्रोत्हासित गर्नेछन्। सामना गरिरहेका चुनौतीहरू र उपलब्ध अवसरहरूको पहिचान गर्नेछ तथा क्षमता निर्माणको लागि कारबाही योग्य समाधान पेश गर्नेछ अनि व्यापक रणनीति तयार गर्नेछ। सम्मेलनमा आठ प्यानल चर्चा हुनेछ जसमा प्रत्येक प्रशासनिक सेवा प्रशिक्षण संस्थानसित सम्बन्धित प्रमुख विषयहरू जस्तै संकाय विकास, प्रशिक्षण प्रभाव मूल्यांकन तथा कन्टेन्ट डिजिटलीकरण आदिमाथि ध्यान केन्द्रित गरिनेछ। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement