१० जूनः भारतीय टीमले शनिवार जापान विरुद्ध महिला जूनियर एशिया कप हकी टुर्नामेण्टको सेमिफाइनलमा १-०-ले जीतको साथ फाइनलमा स्थान बनायो। भारतले टुर्नामेण्टमा अहिलेसम्म एउटा म्याच पनि हारेको छैन। उज्बेकिस्तान, मलेशिया र चाइनीज ताइपेलाई पराजित गर्ने भारतको दक्षिण कोरिया विरुद्ध चाहिँ म्याच ड्र रहेको थियो। जापान विरुद्ध म्याचमा जीतको साथै भारतले एफआईएच महिला जूनियर वर्ल्ड कप २०२३-को निम्ति पनि क्वालीफाई गऱ्यो। भारतीय टीम म्याचको हाफ टाइमसम्म १-०-ले अघि रहेको थियो अनि उनीहरूले अन्तसम्म स्कोरलाई कायम राखिन्। म्याचको भारतको निम्ति एकमात्र गोल सुनिता टोप्पोले ४७औं मिनटमा दर्ता गरिन्। यस टुर्नामेण्टमा भारतले आफ्नो पहिलो लीग म्याचमा उज्बेकिस्तानलाई २२-०-ले पराजित गरेको थियो। त्यसपछि दोस्रो म्याचमा मलेशियालाई २-१-ले अनि चाइनीज ताइपेलाई ११-०-ले पराजित गरेको थियो। भारत र दक्षिण कोरियाबीच खेलिएको म्याच चाहिँ ड्र रहेको थियो।









