सिलगढी: भक्तिनगर पुलिसले सिलगढीको पीसी मित्तल बस स्ट्यान्डबाट १२ किलो ७०० ग्राम गाँजासहित मिथुन घोष नामका एक व्यक्तिलाई पक्राउ गरेको छ। पुलिस सूत्रहरू अनुसार, भक्ति नगर थाना पुलिसलाई एक व्यक्ति भारी मात्रामा गांजा लिएर बसमा सिलगढ़ी पुग्नेछ भनी सूचना प्राप्त भएको थियो।यही सूचनाको आधारमा पुलिसले आज दिउँसो सेवक रोड स्थित पीसी मित्तल बस स्ट्याण्डमा अभियान चलायो। यस अवधिमा एक युवकलाई दुई वटा ब्यागको साथ पक्राउ गरियो। जब युवकको ब्यागको तलाशी लिइयो, त्यसबाट १२ किलोभन्दा धेरै गांजा उद्धार गरियो। जसपछि युवकलाई एनडीपीएस एक्ट अन्तर्गत पक्राउ गरियो। पक्रा परेको युवकलाई आइतवार जलपाइगढ़ी अदालतमा पेश गरिनेछ।








