शिमला: शिमला छेउको पर्यटन स्थल कुफरीमा एक किशोरीमाथि ट्याक्सी चालकले दुष्कर्म गरेको मामिला अघि आएको छ। पीड़ित मुम्बई निवासी हुन्। समाचारअनुसार, अप्रेल महिनामा उनी परिवारसहित शिमला घुम्न आएकी थिइन्। परिवारले घुम्नका लागि हरियाणा नम्बरको ट्याक्सी हायर गरेको थियो। ट्याक्सी चालकले साइटसीनको बहाना गरेर रातिको समय किशोरीलाई एक्लै सुनसान ठाउॅं लिएर गएको अनि दुष्कर्म गरेको आरोप छ।
पीड़ित किशोरीको परिवार मुम्बई फर्किएपछि उसले यस घटनाको खुलासा गरिन्। यसपछि मुम्बई गोरेग्रां थानामा मामिला दर्ता गरियो। पुलिसले जिरो एफआईआर दर्ता गरेर ठियोग स्थानातरित गऱ्यो। ठियोग पुलिसले पीड़ितकी बाबुको उजुरीमा मामिला दर्ता गरेर जाँच शुरू गऱ्यो। पीड़ित परिवारले ट्याक्सी चालकको नम्बर उपलब्ध गराएको छ। पुलिसले आरोपित चालकको खोजी गरिरहेको छ। -हिस








