जम्मू: जम्मू-कश्मीर राष्ट्रिय राजमार्गमा मरम्मतिपछि यातायात सामान्य बनेको छ। राजमार्ग शनिवार बिहान आवागमनको निम्ति खोलिएको छ। बिहान साना वाहनहरूलाई दुवै दिशाबाट आवत-जावत गर्न अनुमति दिइयो। ठूला वाहनहरूलाई केवल श्रीनगरदेखि जम्मूको निम्ति अनुमति दिइएको छ। यो राजमार्ग शुक्रवार राति १० बजे बन्द गरिएको थियो। रामबनको डलवासमा मरम्मति कार्यका कारण राजमार्ग बन्द गरिएको थियो। यस अघि पनि रामबन र बनिहाल क्षेत्रबीच मरम्मति कार्यका कारण राष्ट्रिय राजमार्ग प्रत्येक शुक्रवार वाहनहरूको आगवागमन बन्द राखिएको थियो। यसपाली राजमार्ग दिनको साटो राति मरम्मतिका लागि बन्द राख्ने अधिसूचना जारी गरिएको थियो। -हिस








