फ्रेञ्च ओपनःपुरुष एकलको फाइनलमा जोकोविच र रुडबीच भिड़न्त तय

photocollage_2023610133533149.jpg

१० जूनः सर्बियाका दिग्गज टेनिस खेलाड़ी नोवाक जोकोविचले फ्रेञ्च ओपनको फाइनलमा स्थान बनाए। शुक्रवार राति खेलिएको सेमिफाइनलमा जोकोविचले स्पेनका युवा खेलाड़ी कार्लोस अल्काराजलाई पराजित गऱ्यो। म्याचको अवधि चोट लागे पनि स्पेनिश स्टारले लड़ाइँ जारी राखे तर जोकोविचलाई म्याच जित्नदेखि रोक्न सकेनन्। विश्वका नम्बर ३ खेलाड़ी जोकोविचले म्याचमा ६-३, ५-७, ६-१, ६-१-ले जीत हासिल गरे। यस जीतको साथै जोकोविच सातौंपल्ट यस ग्राण्ड स्ल्यामको फाइनलमा पुगे। यसअघि २०१६ र २०२१-मा उनी च्याम्पियन रहेका थिए। अब आइतवार खेलिने फाइनलमा जोकोविचको भिड़न्त नर्वेका खेलाड़ी कास्पर रुडसँग हुनेछ। असाधारण फर्ममा रहने रुडले अन्य एउटा सेमिफाइनलमा जर्मनीका अलेक्जेण्डर ज्वेरेवलाई सीधा सेटमा ६-३, ६-४, ६-०-ले पराजित गरे। म्याचको अवधि ज्वेरेवले अधिक चुनौती पेश गर्न सकेनन् अनि २ घण्टा ३ मिनटसम्म चलेको म्याचमा रुडले सजिलै जीत हासिल गरे। रुड गत वर्ष पनि फाइनलमा पुगेका थिए। गत वर्ष उनलाई स्पेनिश दिग्गज रफायल नडालले फाइनलम पराजित गरेका थिए। नडाललाई फ्रेञ्च ओपनको बादशाह मानिन्छ। उनले रेकर्ड १४ पल्ट खिताब जितेका छन्।
अब ११ जूनको दिन फाइनल खेल्न ओर्लिँदा जोकोविच अघि सर्वाधिक ग्राण्ड स्ल्याम खिताब जित्ने रेकर्ड बनाउने मौका हुनेछ। उनी अहिले नडालसँग २२-२२ वटा खिताबको साथ संयुक्त रूपले शीर्ष स्थानमा रहेका छन् अनि यसपाली रुडलाई पराजित गर्ने सके जोकोविचले रेकर्ड २३औं ग्राण्ड स्ल्याम खिताब जित्नेछन्। सेमिफाइनलमा जोकोविचलाई २० वर्षीय अल्काराजले शुरुवातमा कड़ा चुनौती दिए। पहिलो सेट ३-६-ले गुमाएपछि उनले असाधारण लड़ाइँ गर्दै दोस्रो सेट ७-५-ले जिते। त्यसपछि तेस्रो सेटको अवधि अल्काराजको खुट्टामा चोट (क्र्याम्प) लाग्यो। खुट्टामा चोटको उपचार गराएपछि उनले म्याच नछोड़ेर खेल जारी राख्ने फसेला गरे। चोट लागेपछि उनलाई कोर्टमा सहज देखिएन अनि जोकोविचले लगातार पोइण्ट्स बटुलेर म्याच जिते।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement