जलपाईगुडी: राजगञ्ज खण्डको शिकारपुर क्षेत्रको बेलाकोबा जाम पोखरीको किनारमा एकाबिहानै एउटा मृतदेह फेला परेपछि त्यहाँ हल्लाखल्ला मच्चियो। मृतक बेलाकोवा स्टेशन कालोनीको दसपाडा क्षेत्रका २८ वर्षीय माणिक दास रहेका छन्। उनी माछा पसलमा काम गर्थे र उनलाई शारीरिक समस्या रहेको बताइएको छ।
बिहानै उनी दिसा गर्न पोखरीको किनारमा गए। केही समयपछि उनलाई बाँसको झाडीमुनि अचेत अवस्थामा फेला पारे। घटना थाहा पाएलगत्तै स्थानीय बासिन्दा भेला भएर बेलाकोवा थानालाई खबर गरेका थिए। त्यसपछि पुलिसले उनलाई पोस्टमार्टमका लागि जलपाईगुडी सुपर स्पेशलिटी अस्पताल लगेको थियो।








