राँची: झारखण्ड स्टेट स्टूडेन्ट्स यूनियन (जेएसएसयू)ले नियोजन नीतिविरूद्ध १० अनि ११ जून झारखण्ड बन्द डाकेको छ। यस बीच ११ बन्द समर्थकलाई सदर राँची अनुमण्डल दण्डाधिकारीले नोटिस जारी गरेको छ। यसमा देवेन्द्र नाथ महतो, मनोज यादव, इमाम सफी, अमनदीप मुण्डा, मोतीलाल महतो, योगेश चन्द्र भारती, मनोज उरांव, सुमित उरांव, सत्या कुमार, दुर्गेश कुमार चन्द्रवंशी मनोज कुमार सामेल छन्। सबैलाई १० जूनमा स्वयं अथवा अधिवक्ताको माध्यमद्वारा आफ्नो पक्ष राख्न निर्देश दिएको छ। नोटिसमा सरकारविरूद्ध एकजुट भएर विरोध प्रदर्शन एवं विधि व्यवस्था भंग गरेको कुरा उल्लेख छ। -हिस








