राँची: झारखण्ड सरकारको ६०-४० नियोजन नीति विरूद्ध डाकिएको बन्दलाई लिएर राँचीमा बन्द समर्थकहरू शनिबार बिहानदेखि सड़कमा ओर्लिएका छन्। बन्द समर्थकहरू कांटा टोलीस्थित बस स्ट्याण्ड पुगेका छन् अनि त्यहाँ पसल र अन्य बसहरू पनि बन्द गर्न आह्वान गरिरहेका छन्। घटना स्थलमा झारखण्ड स्टेट स्टुडेन्ड्स यूनियनका प्रमुख देवेन्द नाथ महतोले भने, ‘बन्दलाई लिएर झारखण्ड बस ओनर एसोसिएशनको पनि समर्थन प्राप्त भएको छ। बन्दलाई लिएर ट्रक एसोसिएशन, दोकानदार संघ, बजार समिति, अटो संघलाई अगावै पत्र पठाएर बन्दलाई सफल बनाउन आग्रह गरिएको छl अर्कोतिर, बन्दलाई ध्यानमा राख्दै सुरक्षाको कडा व्यवस्था गरिएको छ। सबै चौक अनि चौराहाहरूमा पुलिस बल तैनाथ गरिएको छ। -हिस