१० जूनः भारतका अनुभवी ब्याटर अजिंक्य रहाणेले टेस्ट क्रिकेटमा आफ्नो ५००० रन पूरा गरे। अष्ट्रेलिया विरुद्ध जारी आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी) फाइनलको तेस्रो दिन उनले यस खास उपलब्धिलाई हासिल गरे। रहाणेले भारतीय इनिंग्सको ५५औं ओभरमा क्यामरन ग्रीनको बलमा २ रन बटुलेर ५००० रन पूरा गरे। उनले आफ्नो टेस्ट करियरमा अहिलेसम्म ३९.२२-को औसतले ५०२० रन बनाएका छन्। यसमा १२ वटा शतक र २६ वटा अर्द्धशतक सामेल छ। टेस्ट क्रिकेटमा यस उपलब्धिसम्म पुग्ने रहाणे १३औं भारतीय खेलाड़ी हुन्। उल्लेखनीय छ, लगातार खराब प्रदर्शनले गर्दा रहाणेलाई जनवरी २०२२-मा भारतीय टेस्ट टीमबाट बाहिर गरिएको थियो। त्यसपछि मीडलअर्डर ब्याटर श्रेयस अय्यरको चोट अनि घरेलु क्रिकेटको साथमा आईपीएल २०२३-मा असल प्रदर्शनको दममा रहाणेले टेस्ट टीममा फर्किने मौका पाए। यस मौकाको सदुपयोग गर्दै उनले डब्ल्यूटीसी फाइनलमा भारतको पहिलो इनिंग्समा सर्वाधिक ८९ रन बनाए। उनले शार्दुल ठाकुरसँग असल साझेदारी गरी भारतलाई सम्मानजनक स्थितिमा पुऱ्याए।