नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १४० नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४९,९२,७८८ पुगेकाे छ। विगत २४ घण्टामा काेराेनाले २ नायाँ र केरलाले मिलापत्र गरेको १ जनाकाे मृत्यु समावेश गरी, कुल ३ जनाको मृत्यु दर्ता भएको छ। यससगैं हालसम्म कोरोनाले मृत्यु हुनेको कुल संख्या ५,३१,८९१ पुगेको छ। यसरी नै यस अवधिमा १८८ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४४,५८,४४७ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८१% रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या घटेर २,४५० रहेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी.एम.आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी ७१,७०३ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९३,१३,५१,२९१ जनको परीक्षण भइसकेको छ। यसरी नै २४ घण्टमा ९४६ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६७,३०,६१४ जनाले यो खोप लगाइसकेको छन्।