वसुन्धरा राजेलाई आम चुनावमा झारखण्डको चार लोकसभा सीटको जिम्मेवारी

00-1-Vasundhara-Raje

राँची: भाजपा शीर्ष नेतृत्वले राजस्थानका दुई वरिष्ठ नेता वसुन्धरा राजे र सतीश पूनियालाई २०२४ मा हुने आम चुनावको निम्ति झारखण्ड र उत्तर प्रदेशको सात लोकसभा सीटको जिम्मेवारी सुम्पेको छ। राजस्थानकी पूर्व मुख्यमन्त्री वसुन्धरा राजेलाई झारखण्डको गिरिडीह, दुमका, गोड्डा र कोडरमा लोकसभा सीटको जिम्मा सुम्पेको छ। सतीश पूनियालाई उत्तर प्रदेशको मैनपुरी, अमरोह र मुरादाबाद सीटको संयुक्त प्रभारी बनाइएको छ। दुवै नेता १० दिनसम्म आफ्नो निर्धारित क्षेत्रहरूमा रहनेछन्। यसपछि, केन्द्रीय नेतृत्वलाई आफ्नो अध्ययन रिपोर्ट बुझाउने छन्। वसुन्धरा राजे १३ जूनमा झारखण्ड आउनेछिन्। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement