नयाँ दिल्ली: इन्टरनेशनल फेडरेशन अफ् फूटबल एसोसिएशन (फीफा) ले शुक्रबार महिला फूटबलको जारी ताजा ऱ्याङ्किङमा भारत ६०औं स्थानमा रहेको छ। भारतीय टीमलाई एक स्थानको फाइदा भएको छ। शीर्ष पाँच स्थानहरूमा कुनै परिवर्तन भएको छैन। तीन महिनापछि अद्यतन ऱ्याङ्किङअनुसार, संयुक्त राज्य अमेरिका पहिलो, जर्मनी दोस्रो, स्वीडन तेस्रो, इङ्गल्याण्ड चौथो र फ्रान्सि पाँचौं स्थानमा रहेका छन्। गत एक महिना अवधि कूल १०१ अन्तर्राष्ट्रिय म्याच खेलिएका छन्। टीमहरूले अस्ट्रेलिया र न्यूजील्याण्डमा आउँदो फीफा महिला विश्व कपको तयारी गरिरहेका छन् जुन २० जुलाईदेखि शुरू हुनेछ। अप्रेलमा यूरोपीय भ्रमण अवधि स्विट्जरल्याण्डसॅंग ०-० को बराबरी अनि स्पेनसॅंग ३-० ले हारपछि चीन १३औंदेखि १४औं स्थानमा झरेको छ। -हिस