कोलकाताः पश्चिम बंगालमा पञ्चायत चुनाउको मितिहरूको घोषणा गरिएको छ। शुक्रवारदेखि नामाङ्कन पनि शुरू भएको छ। यसबीच विपक्षले राज्यमा चुनाउ गराउने माग गरेको छ। यसलाई लिएर कलकत्ता हाईकोर्टमा दुई अलग-अलग याचिकाहरू लगाइएको छ। पहिलो याचिका कांग्रेसको तर्फबाट अधिवक्ता कौस्तव बागचीले लगाएका छन् भने दोस्रो याचिका भाजपा नेता शुभेन्दु अधिकारीका उकील श्रीजीव चक्रवर्तीले लगाएका छन्।
मुख्य न्यायाधीश न्यायमूर्ति टीएस शिवगणनमको खण्डपीठमा लगाइएको यस याचिकामा दाबी गरिएको छ कि यदि राज्यभऱिका पञ्चायत केन्द्रहरूको गणना गरियो भने नामाङ्कन दर्ता गर्नका लागि केवल ३९ सेकेन्डको समय पाइएको छ। यस बाहेक चुनाउको घोषणाअघि कुनै सर्वदलीय बैठक भएको छैन। यसैले अनलाइन नामांकन दर्ता गर्ने छूट दिइनुपर्छ। यसका साथै केन्द्रिय बलहरूको निगरानीमा चुनाउ गराइने अनुरोध गरिएको छ। याचिकामा भनिएको छ, विपक्षी पार्टीहरूलाई राज्य पुलिसमाथि एकदमै विश्वास छैन। केन्द्रिय बलहरूको तैनाती हुनुपर्छ।
शुभेन्दु अधिकारीको तर्फबाट लगाइएको याचिकामा स्पष्ट भनिएको छ, २०१८ को चुनाउमा विपक्षलाई नामांकन दर्ता गर्न दिइएको थिएन। जुन उम्मेदवार थिए, उनीहरूलाई बाटोमै घेरेर कुटियो। पुलिसले कारबाहीको साटो तृणमूलका गुण्डाहरूको मद्दत गरेको थियो यसैले अनलाइन नामांकनको स्वीकृति दिइनुपर्छ।
-हिस