गान्तोक। आदि पत्रकार पाद्री गंगाप्रसाद स्मृति प्रतिष्ठान तथा राज्यका सम्पूर्ण ईशाई मण्डलीहरूको संयुक्त तत्वावधानमा आगामी ४ जुलाई २०२३को दिन सम्पन्न हुँनगइरहेको १७२औं आदि पत्रकार पाद्री गंगाप्रसाद जन्म जयन्तिको सम्बन्धमा, उक्त प्रतिष्ठानका शीर्ष टोलीले ८ र ९ जून २०२३ दक्षिण र पश्क्षिमको दुईदिने दौड़ाहा गर्यो।
संगठनका अध्यक्ष कमल चामलिङको अध्यक्षतामा, नाम्ची दाखबारी संगति चर्चमा आयोजित जिल्लास्तरिय सभामा दक्षिण जिल्लाका सम्पूर्ण मण्डलीलाई नेतृत्व गर्दै धरै संख्यामा पास्टरहरू उपस्थित भएका थिए।अध्यक्षताको आशनबाट बोल्दै पाद्री गंगाप्रसाद प्रधानले समाज जाति र देशलाई दिएको योगदानमाथि बुँदागत प्रस्ट पार्दै आगामी दिनमा: (१)पाद्रीको नाउँमा एकअनुशन्धान केन्द्र (२)४ जूलाईलाई सराकारी बिदाको घोषणासाथै (३)गान्तोकमा पाद्रीको शालीक स्थपना गरिदिने माग सिक्किम सरकारसमक्ष राख्ने प्रतिष्ठानको उद्धेश्यरहिआएको जानकारी दिँदै पाद्रीको जयन्ति समारोहलाई सफल तुल्याउनहेतु एकता भएर सम्पूर्ण मण्डली तथा संघ-संस्थाहरू अघि आउने अव्हान गर्दै अध्यक्ष चामलिङले चर्चहरूलाई यथा-शक्ति आर्थिक सहयोगको पनि आग्रह गरे।
प्रतिष्ठानको उद्देश्यलाई पुरा गर्न दक्षिणबाट जिल्लास्तरीय उपाध्यक्ष पास्टर लानम शेरेङ र एल्डर डुपछिरीङ लेप्चा अनि समन्वयकमा पास्टर जीवन बान्तावा साथै पास्टरदावा लेप्चा,अनि पश्चिम सिक्कमको निम्ति पनि यसरिनै जिल्लास्तरीय उपाध्यक्ष पास्टर मिक्मा लेप्चा अनि एल्डर दाउछो लेप्चा,समन्वयक सोरेङको लागि पास्टर एज्रा, गेजिङको लागि एल्डर एडी सुब्बा, कोशाध्यक्ष-सोरेङ पास्टर सरन कुमार गुरूङ गेजिङको निम्ति पास्टर विजय तामाङआदिलाई मनोनीत गरिएको छ।