९ जूनः डामडिम फ्रेण्ड्स यूनियन क्लबको आयोजनमा जारी गोल्ड कप नक्आउट फूटबल टुर्नामेण्टमा शान्तिनगर यूनिक क्लब, हल्दीबारीले सेमिफाइनलमा स्थान बनायो। शुक्रवार खेलिएको चौथो तथा अन्तिम क्वार्टर फाइनल म्याचमा हल्दीबारीको टीमले ब्राइट स्पोर्टिंग क्लबलाई टाईब्रेकरमा ३-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। नियमित समयमा हल्दीबारीबाट पप्पु रोयले गोल गरे। त्यसपछि इन्द्रजीत छेत्रीले दोस्रो हाफमा गोल गरी स्कोर १-१-को बराबरीमा पुऱ्याए। अब ११ जूनको दिन खेलिने पहिलो सेमिफाइनल म्याचमा दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी (डीएसए) र ग्लोबल एफसी, असमबीच भिड़न्त हुनेछ। म्याच दिउँसो ४.३० बजीदेखि शुरु हुनेछ। टुर्नामेण्टको फाइनल १८ जूनमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई विनर्स ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा फेयर प्ले ट्रफी पनि रहेको छ।