सिलगढी: सिलगढीमा शुक्रबारदेखि सातौँ गीताञ्जली मङ्गो महोत्सव शुरु भएको छ। यो तीन दिवसीय कार्यक्रम रहेको छ। यहाँ भारत र विदेशबाट विभिन्न प्रकारका आँप आउँछन्।
यस पर्वमा नेपाल, बंगलादेश, भुटानलगायत पश्चिम बङ्गालबाट विभिन्न जातका आँप ल्याइएको छ। यहाँ विभिन्न आँपका पसलहरु छन्।

एक भारतीय संस्थाले नेपाल पर्यटनसँगको सहकार्यमा यो महोत्सव आयोजना गर्न लागेको हो। यस पर्वको माध्यमबाट आँपसँग सम्वन्धित आँप र कृषकको उपभोगलाई प्रवद्र्धन गरी यस फललाई विश्व सम्पदाको दर्जा दिने प्रयास भइरहेको छ। प्रदर्शनीमा विभिन्न किसान आ–आफ्नो खेती गरेको आँप लिएर पुगेका छन्। शुक्रबार दिउँसो मेलाको औपचारिक उद्घाटन गरिएको हो।