पञ्चायत चुनावको लागि तीनधारे महानदी समष्टिमा जम्मा ३१ वटा सिटहरूमा प्रतिस्पर्धा

00-1-Chhetriya-Samachar-1

खरसाङ: पहाड़मा पञ्चायत चुनाव गराउने राज्य चुनाव आयोगले आधिकारिक रूपमा समय तोकेपछि पहाड़मा पञ्चायत चुनावलाई लिएर विभिन्न राजनैतिक पार्टीहरूले तयारी शुरू गरेका छन्। पहाड़मा आगामी ८ जुलाईमा पञ्चायत चुनाव हुने तय भएको छ। यसै क्रममा यता तीनधारे महानदी समष्टिमा पनि सबै राजनैतिक पार्टीहरूले तयारी शुरू गरेका छन्। यसपाली पहाड़मा लगभग २३ वर्षपछि पञ्चायत चुनाव हुने भएको छ। यता तीनधारे महानदी समष्टि अन्तर्गत चारवटा ग्राम पञ्चायतहरू क्रमैले महानदी, घैयाबारी दुई, घैयाबारी तीन र शिवखोला ग्राम पञ्चायत रहेका छन्। यसपाली हुने ग्राम पञ्चायत चुनावमा महानदी ग्राम पञ्चायतमा ७ जना पञ्चायत सदस्यहरू हुनेछन् भने शिवखोला ग्राम पञ्चायतमा ६ जना, घैयाबारी ग्राम पञ्चायत तीनमा जम्मा ९ जना अनि घैयाबारी ग्राम पञ्चायत दुईमा पनि ९ जना लगाएर तीनधारे महानदी समष्टिको चारवटा ग्राम पञ्चायतहरूमा जम्मा ३१ जना पञ्चायत सदस्याहरू रहनेछन्। यसको अर्थ तीनधारे महानदी समष्टिमा जम्मा ३१ सिटहरूमा प्रतिस्पर्धा देखिएको छ। यी सबै पञ्चायत सदस्यहरूका लागि यहाँको सबै राजनैतिक पार्टीहरूले आफ्नो प्रार्थी दिनलाई कम्मर कसेका छन् भने सबै चुनाव जित्नलाई लागि परेका छन्। त्यसरी नै तीनधारे महानदी समष्टिको चारवटै ग्राम पञ्चायतहरूमा दुई दुईजना गरेर पञ्चायत समितिको लागि पनि चुनाव हुने भएको छ जसमा चारवटै ग्राम पञ्चायतहरूमा दुई दुईजना गरेर जम्मा ८ वटा सिटमा पञ्चायत समितिको लागि प्रतिस्पर्धा हुने भएको छ। तीनधारे महानदी समष्टिमा रहेका चारवटा ग्राम पञ्चायतहरूमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, भारतीय जनता पार्टी, हाम्रो पार्टी, गोरामुमो, गोजमुमो, सीपीआईएम, क्रामाकपा लगायत अन्य राजनैतिक दलहरूले चुनाव लड्न सक्ने सम्भावना देखिएको छ। यसपाली स्वतन्त्र प्रार्थीहरू पनि चुनाव मैदानमा उत्रन सक्ने सम्भावना देखिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement