रम्फूमा एक दिवसीय मिलेट मेला सम्पन्न

IMG-20230609-WA0419.jpg

रम्फू: पाकिम जिल्ला अन्तर्गत रम्फूको एचडब्ल्यू सी -पी एचसी द्वारा मिलेट अन्तराष्ट्रीय वर्ष मनाउने क्रममा एक दिवसीय मिलेट मेला आयोजना गरियो ।

आजको यस कार्यक्रममा रतन भट्टराईले स्वागत सम्वोधनको क्रममा अन्तर्राष्ट्रिय मिलेट वर्ष २०२३ मनाउनका लागि सबैलाई आग्रह गरे।

भट्टराईले यो अभियानले स्वास्थ्य आहार अपनाउन र कोदोका फाइदाहरु बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

यसै क्रममा मुख्य अतिथि रङ्पो नगर पञ्चायतका अध्यक्ष सञ्जीव कुमार खातीले आजको यस कार्यक्रमको प्रशंसा गर्दै स्वास्थ्य जीवनशैलीका लागि नियमित आहारमा कोदोको प्रयोगलाई पुनरुत्थान गर्नुपर्ने आवश्यकतामाथि जानकारी गराए। वर्तमान परिपेक्ष्यमा युवाहरूले जङ्क फुडको अधिक मात्रमा सेवन गरेको र यसले स्वास्थ्यलाई हानि पुऱ्याउने गरेको अवगत गराए।

आफ्नो विशेष सम्बोधनमा कोदोको उपभोगका फाइदाहरूका बारेमा जनचेतना जगाउनुपर्ने आवश्यकताबारे सबैलाई आग्रह गरे। भारत सबैभन्दा ठूलो कोदो उत्पादन गर्ने देश भएकाले यसको सदुपयोग गर्नुपर्ने उनले सुझाउ दिए।

उनले कोदोमा आधारित खाद्यवस्तुलाई नियमित आहारमा समावेश गर्नुपर्ने जानकारी गराए।उनले प्रशोधित कोदोका उत्पादनहरू लगायतका वर्षौंदेखि बृद्धि भएका विभिन्न खाद्यान्नको बारेमा जानकारी दिए। यसै क्रममा डा. निखिल तोप्देनले आफ्नो सम्बोधनमा युवा पुस्तामा कोदोको प्रयोगलाई प्रोत्साहित गर्ने आवश्यकतालाई निर्दिष्ट गर्दै उनीहरूले आफ्नो प्राथमिकता परिवर्तन गर्न र स्वास्थ्य खानाको बानी बसाउनु पर्ने अपील गरे। कोदोले स्वास्थ्यमा हुने फाइदाका बारेमा चर्चा गर्दै कोदो सजिलै फल्न सकिने बाली भएकाले प्रतिकूल वातावरण र अप्ठेरो ठाउँमा पनि फलाउन न्यूनतम पानी आवश्यक पर्ने बताए।

प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदृष्टिले देशको हरेक कुनामा कोदो मेला मनाउने गरिएको बताए। यसले मानिसहरूलाई कोदोको प्रयोगले स्वास्थ्यमा देखा पर्ने फाइदाहरूबारे जानकारी गराए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *