तीनधारे: तीनधारे महानदी समष्टि अन्तर्गत शिवखोलाको ५ नम्बर निवासी ६२ वर्षीय मणि थिङलाई सिटोङका समाजसेवी बिक्रम राईले सहयोग प्रदान गरेका छन्। उनी पीडितलाई भेट्न शिवखोला आएर उनको दु:ख लाग्दो अवस्था देखेर निक्कै भावुक बन्दै आफ्नो तर्फबाट पंखा,व्हिलचियरअनि नगदराशि ५००० रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्। यसको साथै प्रत्येक महिना २००० रुपियाँ गरेर पनि प्रदान गर्ने भएको छ। पीडित मणि थिङ विगत एक वर्षदेखि नै प्यारालाइज जस्तो रोगले ग्रसित भएकोले सानो चारकुने टिनले बारेको (कोठा) झुप्रोको एक कुनामा दयनीय अवस्थामा लढिरहेका थिए। बिमारीको अवस्था विषयमा ‘क्लिन अनि ग्रीन शिवखोला’ समितिद्वारा सहयोगको अपिल गरेका थिए।
शिवखोलाको ५ नम्बर निवासी ६२ वर्षीया मणि थिङको सहयोगको अपिललाई मिडिया मार्फत सुनेपछि समाजसेवी बिक्रम राई पीडितलाई भेट्न शिवखोला आइपुगेका थिए।
आज पीडितको आङमा घाम लागेको आभाष भएको छ।