सुकेपोखरी: करिब २३ वर्ष पछि पहाड पञ्चायत चुनाव हुने आधिकारिक अधिसुचना जारी भएको दोस्रो दिन आज जोरबङलो सुकेपोखरी खण्ड विकास कार्यालयमा खण्ड विकास कार्यालयअन्तर्गत रहेका विभिन्न ग्राम पञ्चायत क्षेत्रका राजनीतिक दलका प्रतिनिधिलाई लिएर सभा आयोजना गरियो। खण्ड विकास अधिकारी सामीरूल इस्लामको अध्यक्षतामा सम्पन्न सभमा संयुक्त खण्ड विकास अधिकारी, चुनाव विभागीय अधिकारी, सुकेपोखरी, जोरबङलो, सोनादा थाना अधिकारी लगायत राजनीतिक दलका प्रतिनिधि, क्षेत्रिय सभासदको उपस्थिति रहेको थियो। खण्ड आपदा प्रबन्धन अधिकारी सन्देश तामाङ, अधिकारी नेलसन लेप्चा, खण्ड विकास अधिकारी सामीरूल इस्लामले पञ्चायत चुनाव सम्बन्धित विषय लिएर गरिने कार्य, नोमिनेसन अनि पक्रिया बारे अवगत गराए। तीनवटा थाना प्रभारी अनि खण्ड बिकास अधिकारीले शान्तिपूर्ण चुनाव सम्पन्न गर्न सबै राजनीतिक दललाई सहयोग पुर्याउने अनुरोध मोडल कोड अफ कन्डक एमसीसी बारे प्रकाश पारे। खण्डको सबै ग्राम पञ्चायतमा चुनाव अवधिसम्म चुनाव सम्बन्धित कार्य अनि उम्मेदवारी ग्रहण गर्न सहायक पञ्चायत चुनाव अधिकारी नियुक्ति गरिएको अनि सबै कार्य खण्ड बिकास कार्यालयसँगै सम्बन्धित ग्राम पञ्चायतमा सम्पन्न हुने अधिकारी इस्लामले सभमा उपस्थित प्रतिनिधिलाई जानकारी गराए।