गान्तोक: मानेबुङ देन्ताम समष्टिमा गत ७ जुन देखि राज्यका मुख्यमन्त्री एवं सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका अध्यक्ष प्रेमसिंह तामाङद्वारा शुरू गरिएको जनता भेट कार्यक्रम आज अन्तिम दिन पनि सफलतापूर्वक सम्पन्न भयो। आज मुख्यमन्त्री प्रेमसिंह तामाङले साँखु, रधुखाण्डु अनि ही ग्रामका जनतासँग भेट गरे। आज बिहान ९ बजीदेखि शुरु भएको जनता भेट कर्यक्रममा मुख्यमन्त्री तामाङले दुई ग्राम पञ्चायतका हजारौँ जनतासँग प्रत्यक्ष रूपमा भेट गरेर जनगुनासो सुने। जन गुनासो सुनेर मुख्यमन्त्री प्रेमसिंह तामाङले हरेकको समस्या समाधान गर्ने पहल गरे। आर्थिक रूपमा विपन्न रहेको परिवारका सदस्यलाई नौकरीको आवेदन प्राप्त गर्नसाथै सक्त जरूरत भएकाहरुलाई भने मुख्यमन्त्री तामाङले तत्काल नौकरिको आदेश प्रदान गरे।मुख्यमन्त्री तामाङले जन गुनासो सुनेर तत्काल नौकरीको आदेश पत्र प्रदान गरेकोमा आदेश प्राप्त गर्नेहरुले मुख्यमन्त्रीप्रति हार्दिक आभार व्यक्त गरे। यसरी तत्काल आदेश पत्र प्राप्त गर्दा त कतिपयलाई सपना जस्तो लागेको तर यथार्थमा भने अध्वुद कार्य भएको अनुभव साझा गरे। अहिलेसम्म यस्तो अद्भुत कार्य कहिले नभएको पनि विचार व्यक्त गरे। यसरी नै आज मुख्यमन्त्री प्रेमसिंह तामाङले सामाजिक माग, व्यक्तिगत अनि अन्य मागहरु लिएर आएका जनतासँग प्रत्यक्ष रूपमा भेट गरेर जनगुनासो सुन्दै तिनीहरूको मागलाई सम्बोधन गरे।
अहिलेसम्म यसरी राज्यका पूर्व मुख्यमन्त्रीहरू आफ्नु सरकारी आवास मीन्तोगाङमा केवल गिनेचुनेको हरुलाई मात्र भेट्ने गरेको तर यसरी वर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङले यसरी स्वयं आफ्नै घरमा आएर जन गुनासो सुनेकोमा खुसी व्यक्त गर्दै आभार व्यक्त गरे। झन् जनगुनासो सुनेर तत्काल समाधान गर्ने पहल गरेकोमा त झनै क्षेत्रका जनता खुसी भएको कुरा साझा गरे। यसरी नै जनता भेट कार्यक्रमको शुरुआतको दिन देखि नै गरीब जनकल्याण प्रकोस्ट ले पनि रोगी जनताहरुसँग भेट गरेर मुख्यमन्त्रीको तर्फबाट आवश्यक सहयोग प्रदान गरिरहेको छ। पूर्व योजना अनुसार भोली देखी आगामी १२ जुनसम्म मुख्यमन्त्री प्रेमसिंह तामाङले रींचेपोङ समष्टिका जनतासँग भेट गर्नेछन्।