राज्यपालले गरे नवनियुक्त मेजर जनरलसँग भेट

IMG-20230609-WA0417.jpg

गान्तोक: भारतीय सेनाको व्ल्याक क्याट डिभीजनका नवनियुक्त मेजर जनरल अमित काबितियाल लगायत पूर्व मेजर जनरल गम्भीर सिंहले आज राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसँग भेट गरे। राजभवनमा भएको भेटको क्रममा राज्यपालले नवनियुक्त मेजर जनरललाई बधाई साथै शुभकामना दिएका छन्। यस अवसरमा राज्यपालले नवनियुक्त मेजर जनरल अमृत कावितियाललाई उनको सफल र फलदायी कार्यकालको लागि शुभकामना व्यक्त गर्दै निवर्तमान मेजर जनरल गम्भिर सिंहको अटल सेवा र प्रतिबद्धताको लागि कृतज्ञता व्यक्त गरे। राष्ट्रको रक्षा गर्दै उनको जीवनमा नयाँ अध्यायको लागि हार्दिक शुभकामना व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement