मानेबुङ-देन्तामबाट ३३ जना एसकेएम पार्टीमा सामेल

IMG-20230609-WA0418.jpg

गान्तोक: मानेबुङ-देन्ताम समष्टिबाट कूल ३३ जना एसकेएम पार्टीमा सामेल भएका छन्। आज एसकेएम पार्टीमा सामेल हुनेहरूमा शिक्षा विभागका पूर्व संयुक्त निर्देशक एवं देन्तामका पूर्व खण्ड विकास अधिकारी जे.पी.छेत्री, विद्युत विभागबाट सेवानिवृत्त डीई जी.बी.राई, पूर्व जिल्ला पञ्चायत संगम गुरुङ, पूर्व पञ्चायत सभापति मैना कुमारी सुब्बा, सुमन्ती सुब्बा, टीबी चौहान, एसडीएफ पार्टीको पूर्व सीईसी सदस्य तोप्देन लेप्चा, डीआर राई, कविता राई, पूर्व शिक्षक, पूर्व अधिकारीगण, लगायत अन्यहरू सामेल रहेका छन्। देन्ताममा आयोजित तीन दिवसीय जनता भेट कार्यक्रमको आज अन्तिम दिन पार्टी अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङको उपस्थितिमा उनीहरू आधिकारिक रूपमा एसकेएम पार्टीमा सामेल भएका हुन्। पार्टी अध्यक्षले खदा लगाएर झण्डा प्रदान गर्दै पार्टीमा स्वागत जनाए। मुख्यमन्त्रीले आज पार्टीमा सामेल हुनेहरूलाई मिलेर एसकेएम पार्टी तथा सरकारले शुरु गरेका जनकल्याणकारी योजनाहरूलाई जन-जनमा पुऱ्याउनु पर्ने आग्रह गरेका छन्।

उल्लेखनीय छ, मुख्यमन्त्री प्रेमसिंह तामाङको समावेशी राजनीतिको फलस्वरूप हाल राज्यमा विभिन्न पार्टीहरू त्याग गरेर सत्तारूढ़ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीमा सामेल हुनेहरूको क्रम जारी रहेको छ। आगामी वर्ष सम्पन्न हुने सिक्किम विधानसभा चुनाउ अघि सत्तारूढ़ दलको धरातल दिनदिनै अझ दह्रिलो बन्दै गइरहेको अनि अन्य पार्टीहरूको धरातल खस्किँदै गइरहेको स्थानीयहरूको भनाइ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement