कमराबाट दम्पत्तीको शव उद्धार

00-1-Chhetriya-Samachar-1

कुचबिहारः जिल्लाको मेखलीगञ्ज विधानसभाको रानीरहाट क्षेत्रमा शुक्रवार बिहान एक दम्पत्तीको शव भेटिएपछि हड़कम्प मचेको छ। मृतक दम्पतीको नाम राजकुमार हरिजन र मन्जू हरिजन बताइएको छ।

जानकारी अनुसार, आज बिहान परिजनहरूले धेरै बेरसम्म कमराको ढोका बन्द देखेर राजकुमार-मन्जूलाई बोलाए। तर भित्रबाट कुनै आवाज आए। जब परिजनहरूले जसो-तसो कमराको ढोका खोलेर भित्र हेरे, दुवै भूँईमा मृत पाइए। परिजनहरूले घटनाको सूचना मेखलीगञ्ज थानालाई दिए। सूचना पाएर मेखलीगञ्ज थाना पुलिस घटनास्थलमा पुग्यो र शवहरूलाई उद्धार गरी पोस्टमार्टमको निम्ति अस्पताल पठायो। यो आत्महत्या को कि हत्या ? मेखलीगञ्ज थाना पुलिसले यसको जाँच शुरू गरेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement