प. बंगालमा पञ्चायत चुनाउको निम्ति नामाङ्कन आजदेखि शुरू

voting-._776

कोलकाताः पश्चिम बंगाल पञ्चायत चुनाउको निम्ति आजदेखि नामाङ्कन प्रक्रिया शुरू हुनेछ। मुख्य चुनाउ अधिकारी राजीव सिन्हाले चुनाउको घोषणा बिहिवार गरेका थिए। आठ जुलाईमा मतदान हुनेछ। यसबीच विपक्षीहरू चुनाउमा केन्द्रिय बल तैनात गर्नुपर्ने मागमा अडिग छन्। प्रदेश कांग्रेस अध्यक्ष एवं लोकसभामा पार्टीका नेता अधीर रन्जन चौधरीले भने, ‘पुलिसको निगरानीमा पारदर्शी चुनाउ सम्भव छैन। राज्य पुलिस बलले सत्तारूढ़ पार्टी तृणमूल कांग्रेसको पक्षमा काम गर्नेछ। यस कारण केन्द्रिय बलहरूको तैनात गर्नु पर्नेछ।’

नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले भने, ‘राज्य चुनाउ आयोगले तृणमूल कांग्रेसको कठपुतली सरह काम गरिरहेको छ। तृणमूलको इशारामा सबै निर्णयहरू लिने कार्य भइरहेका छन्। सुरक्षाको व्यवस्था पनि सोही अनुरूप हुनेछ। पुलिसको सुरक्षा हामीलाई स्वीकार्य छैन। केन्द्रिय बलहरू तैनात गरिनु पर्छ।’ बंगाल भाजपा अध्यक्ष सुकान्त मजूमदारले भने, ‘आयोगले यदि केन्द्रिय बलहरू तैनात नगरे कोर्टको दैलो ढकढकाउने छौ। २०१८ मा भएको पञ्चायत चुनाउमा ६० भन्दा धेरै भाजपा कार्यकर्ताहरूको हत्या गरिएको थियो। यस कारण केन्द्रिय बलहरूको निगरानीमा पञ्चायत चुनाउ गरिनु पर्छ।’

-हिस

About Author

Advertisement