पश्चिम बङ्गाल प्राइमेरी टिचर्स एसोसिएसन गोरुबथानमा गठन र उद्देश्यबारे जानकारी

Screenshot_20230609_195815_WhatsApp.jpg

गोरुबथान (महेश्वर प्रधान): प्राथमिक पाठशालाका शिक्षक शिक्षिकाहरुको साझा संगठनको रुपमा कार्य गर्ने विचारले गोरुबथान ४३ नम्बर समष्टि पश्चिम बङ्गाल प्राइमेरी टिचर्स एसोसिएसन केही दिन अघि गठन भएको थियो। आज यसै एसोसिएसनको तर्फबाट गोरुबथान सर्कलमा एस आई लाई यस नवगठित संगठनका पदाधिकारीहरुले एक ज्ञापन पनि चडाए। प्रत्येक पाठशालामा आधुनिक ढाभचा्ा तयारी शौचालय हुनपर्ने, पाठशाला परिसरमा घेराबन्दी हुनपर्ने, शिक्षक/शिक्षिका रहित पाठशालामा नयाँ शिक्षक/शिक्षिका दिनपर्ने तथा अन्यान्य विषयहरु ज्ञापन पत्रमा रहेको जानकारी यस संगठनको सभापति आनन्द कुमार छेत्रीले दिएका छन्। यसरी संगठन खोलिनुको उद्देश्य र औचित्यबारे जानाकारी प्रेस भेलामा दिएका छन्। नवगठित संगठनका पदाधिकारीहररमा क्रमैसंग आनन्द कुमार छेत्री सभापति, भाषणमणि राई उप सभापति, जितेन दर्नाल-सचिव, राजु घिसिङ-सह सचिव, अभिनय थापा कोषाध्यक्ष रहेका छन।ज्ञापन पत्र बुझाउने समूहमा सजिब अधिकारी तृणमूल कांग्रेस गोरुबथान क्षेत्रका नेतृत्वको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement