बीर बिरसा मुन्डाको पूण्यतिथि पालन

8abec492-03d0-4f96-ad3c-49b439bb1c77

कालचिनीः बीर बिरसा मुन्डाको १२३औँ मृत्यु बार्षिकी अर्थात पूण्यतिथि शुक्रबार पालन गरिने क्रममा शुक्रबार तृणमूल कालचिनी ब्लक कार्यालयको पक्षबाट कालचिनी चौपति स्थित रहेको बीर बिरसा मुन्डाको सालिकमा पुगेर माल्यार्पण साथै दीप प्रज्ज्वलित गरियो। तृणमूल कार्यालयको पक्षमा तृणमूल छात्रा परिषदका कालचिनी ब्लक सभापति हैदर अली अन्सारी, तृणमूल युवा कंग्रेसको कालचिनी ब्लक सभापति पवन योल्मो लगायत तृणमूलका कार्यकर्ताहरूको उपस्थितिमा बिरसा मुन्डाको सालिकमा श्रद्धाञ्जली अर्पण गरीएको थियो।
उक्त श्रद्धाञ्जली सभाबारे बोल्दै तृणमूल युवा कंग्रेसको कालचिनी ब्लक सभापति पवन योल्मोले आदिवासी स्वाधीनता सेनानी बीर बिरसा मुन्डाको पूण्यतिथि पालन गर्दै दलले साम्प्रदायिक सद्भाव र एकताको सन्देश दिएको र स्वतन्त्रता सेनानीहरूको बराबर सम्मान राखिनु पर्ने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement