मिस वर्ल्ड २०२३ को आयोजक सिनी शेट्टीले भारतको प्रतिनिधित्व गर्ने

Sini-Shetty-e1686297273752

नयाँ दिल्ली: मिस वर्ल्ड २०२३ यस पटक भारतमा हुने भएको छ। यो जानकारी मिस वर्ल्ड अर्गनाइजेसनले दिएको हो।प्रतियोगितामा १३० देशका सुन्दरीहरूको सहभागिता रहनेछ। महीनासम्म चल्ने यस प्रतियोगिताको अन्तिम राउण्ड नोभेम्बर–दिसम्बरमा हुनेछ। भारतले मिस वर्ल्ड प्रतियोगिता आयोजना गर्न पाएको यो दोस्रो पटक हो। सन् १९९६ मा पहिलो पटक यो प्रतियोगिता भारतमा आयोजना गरिएको थियो। मिस वर्ल्ड अर्गनाइजेसनकी अध्यक्ष तथा सीईओ जुलिया मोर्लीले बिहीबार दिल्लीमा भनिन् – मिस वर्ल्डको ७१ औँ संस्करण भारतमा आयोजना हुँदैछ भन्ने जानकारी दिन पाउँदा निकै खुसी लागेको छ। म ३० वर्षको हुँदा भारत आएको थिएँ र त्यसबेलादेखि मलाई भारत र त्यहाँका जनताप्रति धेरै माया छ। उनीसँगै मिस वर्ल्ड २०२२ कारोलिना बिलाव्स्का पनि थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement