९ जूनः फूटबल खेल र खेलाड़ीहरूका जमीनी स्तरबाट विकासमा निरन्तर कार्य गर्ने खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित खरसाङ सुपर लीगमा शुक्रवार दुईवटा म्याच खेलियो। चानमारी मैदानमा खेलिएको ग्रुप ए-को म्याचमा आईटीआई एफसी (टुंग)-ले हिल्स फूटबल एकाडमीलाई ५-०-ले पराजित गऱ्यो। विजेता टीमबाट राज प्रधानले ह्याट्रिक गरे। यसबाहेक अस्मित थापा र रिक्देन शेर्पाले १-१ गोल गरे। यसरी ग्रुप ए-बाट नै दिनको दोस्रो म्याचमा युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-ले सेण्ट अल्फन्सेस स्कूललाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट चिराग भुजेल र पेमा लामाले गोल गरे। आजको पहिलो म्याचमा नितेश देवान मुख्य रेफरी रहेका थिए। यसरी सहायकको भूमिकामा आभास प्रधान र प्रतीक गुरुङ थिए। यसरी दोस्रो म्याचमा आभास प्रधान रेफरी रहेका थिए। सहायकको भूमिकामा सलिम गुरुङ र नितेश देवान थिए। फोर्थ अफिसियलको जम्मेवारी सत्यम थापा, शबनम राई र दावा डोमा भूटियाले निर्वाह गरेका थिए। लीगमा खरसाङ निर्वाचन छेत्रका जम्मा ११ वटा टीमले हिस्सा लिएको छ, जसमा सुकनाको कञ्चनजंघा फूटबल क्लब (केएफसी) पनि सामेल छ। दुईवटा सेमिफाइनल २२ जूनमा खेलिनेछ। फाइनल २५ जूनमा हुनेछ। लीगको फाइनलमा पुग्ने दुईवटा टीमलाई आउँदो हर्ली कपमा सिधै प्रवेश दिइनेछ।