अजय र विमलको भेटवार्ताले महा गठबन्धनको स्पष्ट संकेत

IMG-20230609-WA0330.jpg

दार्जीलिङ: हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स र गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरूङको आज भेटवार्ता भएको छ। भेटवार्तामा दार्जीलिङ पार्वतीय क्षेत्रमा हुन गई रहेको पंचायत चूनावमा महा गठबन्धनको विषयमाथि गहन चर्चा परिचर्चा भएको छ। आजको यो भेटलाई महा बन्धनको शुरूवात रहेको बताएका छन। भष्ट्रचार मुक्त पहाड बनाउँनु हो भने गोर्खा जातिलाई माया गर्ने राजनैतिक दलहरू एकबद्व हुन अति नै जरूरी रहेको बताउँदै आई रहेको छ। गत केही दिन अधि राज्य को तृणमूल सरकारले बंगाल विभाजनको विरोधमा एक प्रस्ताव विधानसभामा पेश गरेको थियो अनि उक्त प्रस्तावमाथि चर्चाको क्रममा राज्यको एक जिम्मेवार मंत्री ले नेपाली भाषी गोर्खाहरूलाई अनुप्रबेशकारी बताएका थिए। जसले देश रक्षक गोर्खाहरूलाई अनुप्रबेशकारी गराएका छन।उनलाई नेपाली टोपी अनि खदा लगाएर सम्मान जनाउने काम गरेको छ, यो भन्दा डर लाग्दो चिप्लेपन शायद अरू हुन सक्दैन। गोर्खा जातियालाई मनदेखि माया गर्नेहरूको महा गठबन्धन हुनेछ अनि उक्त महा गठबन्धनले अब हुने पंचायत चूनावमा अंश ग्रहण गर्ने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement