कोलकाता। एक टीवी च्यानलमा डिबेटको समय नूपुर शर्माले पेगम्बर मोहम्मद विरूद्ध कथित रूपमा आपत्तिजनक टिप्पणी गरेकी थिइन्, जसलाई लिएर भाजपाकी पूर्व प्रवक्ता नुपूर विरूद्ध कानूनी कारबाहीको क्रम जारी छ। कोलकाता पुलिसले अगावै उनलाई शनिवार अम्हर्स्ट स्ट्रीट थानामा हाजिर हुने नोटिस पठाएको छ।
यसबीच कोलकाता पुलिसका एक वरिष्ठ अधिकारीले बताए अनुसार, नूपुर विरूद्ध कोलकाताका लगभग १० वटा थानामा प्राथमिकी दर्ता भईसकेको छ। यसअघि नारकेलडाङ्गा थानामा प्राथमिकी दर्ता भएपछि उनलाई हाजिर हुनको निम्ति गत ३० जूनमै नोटिस पठाइएको थियो तर उनले ईमेलको माध्यमले ४ साताको अतिरिक्त समय मागेकी छन्। अब अम्हर्स्ट स्ट्रीट थानामा दर्ता प्राथमिकीपछि उनलाई नोटिस पठाइएको छ, जसमा आज उनलाई हाजिर हुनपर्नेछ। अहिलेसम्म उनले कुनै जवाफ दिएकी छैनन्।