वेस्ट बंगाल प्राइवेट ट्यूटर्स वेलफेयर एसोसिएशनले डीआईलाई दिए ज्ञापनपत्र

IMG-20230609-WA0311.jpg

सिलगढी: वेस्ट बंगाल प्राइवेट ट्यूटर्स वेलफेयर एसोसिएशन , दार्जिलिङ जिल्ला शाखाका सबै होम ट्युटरहरू र शिक्षकहरूले एक विरोध र्‍याली निकाले र जिल्ला विद्यालय शिक्षा कार्यालयमा संस्थाको तर्फबाट विद्यालयका शिक्षकहरुले निजी पठनपाठन बन्द गर्न माग गरे। जिल्ला विद्यालय शिक्षा कार्यालयमा डिआइको अनुपस्थितिमा कार्यालयका अन्य अधिकृतलाई ज्ञापनपत्र दिइएको थियो। एक सातापछि डिआइ राजीव प्रामाणिकसँग भेटघाट हुने कुरा बताइएको छ।
सङ्गठनको दार्जिलिङ जिल्ला शाखाका सचिव समीरकुमार दे ले भने, ‘जस्तो दरमा ती विद्यालयका शिक्षकले तलब पाउँछन्, त्यसले ट्युसन पढाउनै पर्दैन। यस विषयमा उच्च अदालतले विद्यालयमा अध्यापनमा संलग्न शिक्षकले कुनै शुल्क लिएर विद्यालय बाहिर पढाउन नपाउने आदेश दिएको छ। यस विषयमा संस्थाका सदस्यले गुनासो गर्दै बाहिर ट्युसन पढाउने २ सय ५० जनाको नाम रहेको बताए। उनलाई तत्काल कारबाही गर्न माग गर्दै एक साताभित्र डिआइसँग भेट्न माग गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement