फ्रेञ्च ओपनः पहिलोपल्ट कुनै ग्राण्ड स्ल्यामको फाइनलमा पुगिन् क्यारोलिना मुचोवा

IMG-20230609-WA0297.jpg

९ जूनः चेक गणराज्यकी क्यारोलिना मुचोवाले सबैलाई चकित पार्दै फ्रेञ्च ओपन टेनिस टुर्नामेण्टमा महिला एकलको फाइनलमा स्थान बनाइन्। बिहीवार राति खेलिएको सेमिफाइनलमा मुचोवाले विश्वकी नम्बर दुई खेलाड़ी तथा अष्ट्रेलियन ओपन च्याम्पियन आर्यना सबालेंकालाई ७-६, ६-७, ७-५-ले पराजित गरिन्। म्याचको निर्णायक सेटमा एक समय सबालेंका ५-२-ले अघि रहेकी थिइन् तर मुचोवाले म्याच पोइण्ट बचाउनको साथै असाधारण प्रदर्शन गर्दै म्याच जितेर सबैलाई चकित पारिन्। मुचोवा पहिलोपल्ट कुनै ग्राण्ड स्ल्यामको फाइनलमा पुगेकी छन्। विश्व ऱ्यांकिंगमा ४३औं स्थानमा रहने चेक गणराज्यकी खेलाड़ीलाई सेमिफाइनल म्याच जित्न तीन घण्टा १३ मिनट समय लाग्यो। म्याच जितेपछि मुचोवाले भनिन्, यो अविश्वसनीय जीत हो।

मैले केवल लड़ाइँ गरे। एक समय हारको नजिक पुगेर पनि जीत हासिल गरेपछि म खुशी छु। महिला एकलको फाइनलमा मुचोवाको भिड़न्त विश्वकी नम्बर एक खेलाड़ी इगा स्वियातेकसँग हुनेछ। पोल्याण्डकी स्टार खेलाड़ी स्वियातेकले अन्य एउटा सेमिफाइनलमा ब्राजीलका बीट्रिज हद्दाद मैयालाई सीधा सेटमा ६-२, ७-६-ले पराजित गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement