कुचबिहारमा उम्मेदवारी दर्ताको पहिलो दिन देखियो समस्या

IMG-20230609-WA0283.jpg

बीजेपीले दिए बीडीओ कार्यालयमा धर्ना

कुचबिहार: राज्यको चुनाउ आयोगले आगामी ८ जुलाई पञ्चायत चुनाउ गराउने घोषणा गरेपछि नामाङ्कन प्रक्रिया आजदेखि शुरू भएको छ। नामाङ्कन प्रक्रियाको पहिलो दिनमा नै आज विभिन्न ठाउँमा अशान्तिको भएको खबर छ। यसैक्रममा नामाङ्कन पत्र नपाए पछि, बीजेपी कार्यकर्ता र समर्थकहरूले तुफानगंज १ ब्लकको बीडीओ कार्यालय अगाडि विरोध प्रदर्शन गरे। तुफानगञ्ज विधानसभाका भाजपा विधायक मालती राव राईले प्रदर्शनको नेतृत्व गरिन्।

विधायक मालती राव रायले भनिन्, यदि प्रशासन सही समयमा तयार रहेको भए आज ५० भन्दा अधिक उम्मेद्वारले नामाङ्कन भर्न सक्ने थिए। उनको निर्वाचन आयोगले निर्वाचन घोषणा गरे पनि प्रशासन तयार नभएको गुनासो छ। यस्तो अवस्थामा भाजपाले शान्तिपूर्ण चुनाव गराउनमा प्रश्न उठाइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement