जातिलाई माया गर्नेहरूको गठबन्धन हुने

IMG-20230609-WA0281.jpg

अब हुने चूनावमा नेताले होइन जनताले जित्नु पर्छ: एडवाडर्स

दार्जीलिङ: ‘अब हुने चूनाव नेताले होइन जनताले जित्नु पर्छ’ यो मनतब्य हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले पोखेको हो। बंगालको अन्य स्थानहरूमा सरह यस पटक दार्जीलिङ पार्वतीय क्षेत्र पनि पंचायत चूनाव अधिकारिक घोषणा भई सकेको छ। यसै संदर्भमा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले अधि भने ‘पंचायत चूनावको निम्ति हामी पूर्ण तयार छौ’। जीटीए सभाको चूनाव हुन वितिकै पहाडमा पंचायत चूनाव र पहाडको नगरपालिका बोर्डहरूको पनि चूनाव अविलम्ब गरिनु पर्ने मांग गर्दै राज्यकी मुख्यमंत्री ममता ब्यानर्जीलाई पत्रचार गरेका थियौ अध्यक्ष एडवाडर्सले बताए। तिनले अझ भने मुख्यमंत्री ममता ब्यानर्जीको पहाड आगमणको अवधि हामीले दार्जीलिङ पार्वतीय क्षेत्रमा विगत धेरै बर्ष देखि पंचायत चूनाव नभएको कारणले गर्दा पहाडको ग्रामिण क्षेत्रहरूमा विकाश पूग्न सकेको छैन, त्यसकारण पहाडमा पनि अविलम्ब पंचायत चूनाव गरिनु पर्छ भन्ने हामीले मांग गरेका थियौ, त्यस अवधि मुख्यमंत्री ममता ब्यानर्जीले जीटीए सभाको चूनाव गराउँने, त्यसपछि पहाडमा पंचायत चूनाव गराउँने वचन दिएको थियो, जसको फलस्वरूप आज पहाडमा दुई स्तरीय पंचायत चूनाव हुने तय भएको छ अध्यक्ष एडवाडर्सले भने। जीटीए चूनाव सकिएपछि हामीले मुख्यमंत्री ममता ब्यानर्जीलाई तुरून्तै पत्रचार गरेका थियौ अनि उक्त पत्रमा अविलम्ब पंचायत चूनाव गराउँनु पर्ने मांग गरेका थियौ। पहाडको ग्रामिण क्षेत्रहरूमा अग्रेज शासनको अवधि निर्माण गरिएको ढुङगाको बाटो अझ पनि यथवत छ।सन १९९२ देखि देशमा तीन स्तरीय पंचायत चूनाव लागु गरिएको थियो। तीन स्तरीय पंचायत चूनावको माध्यमद्वारा राज्यभरी नै विकाशको मूल फुटयो तर हामी पहाडबासी विकाशदेखि बंचित भयौ।त्यस अवधि पहाडमा स्तरीय पंचायत हुन सक्ने थियो तर पहाडमा एक स्तरीय पंचायत चूनाव गराएर पहाडलाई विकाशदेखि बंचित गराउने काम गरेको थियो। अब हुने पंचायत चूनावको निम्ति हामी तयार छौ, जीटीए चूनावमा हामी पराजय भएता पनि हामीले पहाडको ग्रामिण क्षेत्रहरूमा तीन सय भन्दा धेर बाटोहरू बनाएका छौ, यस बाहेक पनि हामीले अन्य धेरै कार्यहरू गरेका छौ। जीटीए चूनावको प्रचार प्रसारको अवधि अन्य दाजुहरूले चिया श्रमिकहरूको हितमा काम गर्छु भनेर जिल्लापाल कार्यलय अधि रितो थालहरू बजाउँन लगाए तर जीटीए सभाको चूनावपछि चिया बगानहरू जीटीएको अधिनमा पर्दैन भन्दै चिया श्रमिकहरूले दिएको योगदानहरूलाई फिका सावित गर्ने प्रयास गरयो।कोरोना संक्रमणकालमा संग्रह गरिएको जीटीए चेयरम्यान रिलिफ फ्रण्डको राशी चिया श्रमिकहरू लाई वितरण गर्न पर्ने थियो तर वितरण नगरेर सिलगढी मा श्रमिक भवन बनाउँछु भन्दैछ।तिनले अधि भने सिलगढीको दार्जीलिङ मोडमा रहेको हाम्रै टुरिज इन्फर्मेशन सेन्ट्रर एक ब्यापारीलाई लीजमा दिन्दैछ। उनी हरूले हाम्रो पहाडको सम्पतिहरूलाई विक्री गर्दैछ।ग्रामिण बासीहरूले बुझी सकेको छ तिनले बताए।जीटीए सभाको चूनावमा ती दाजुहरूले पहाडको ग्रामिणबासीहरूलाई ठूल्ठूलो सपनाहरू देखाएका थिए तर आज उनीहरूले कुनै पनि कुरा पूरा गरेको छैन। जीटीए सभाको चूनाव भएको एक बर्ष हुन लागेको छ तर आजसम्म जीटीए सभाको सत्ता चैकीमा बस्नेहरूले आफ्नो वचन पूरा गरेको छैन।अध्यक्ष एडवाडर्सले अधि भने हाम्रो लक्ष्य भष्ट्रचार मुक्त पहाड बनाउँने हो,हाम्रो पार्टीले आफ्नो जन्मकालदेखि नै जनताको राज भन्दै आएको हो,पंचायत राज भनेको नै जनताको राज हो तिनले भने। अध्यक्ष अजय एडवाडर्सले अधि भने अब हुने चूनावमा जनताको जीत हुन पर्छ, जातिको जीत हुन पर्छ, समाजको जीत हुन पर्छ, नेताहरूको जीत हुन के हुदो रहेछ भन्ने हामीले जीटीए सभाको चूनावपछि स्पष्टसंग देखेका छौ तिनले भने। एक प्रश्नको जवाफमा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले अधि भने हाम्रो पार्टी एक्लो चूनावी मैदानमा ओर्लिन सक्षम छ तर हाम्रो पार्टी चैकीको लोभी होइन, जति पनि जाति प्रेमी छ ती सवै एकबद्व भएर चूनावी मैदानमा ओर्लिनेछ।तिनले अझ भने जसले हामीलाई अनुप्रबेशकारी भन्यो, उसैलाई नेपाली टोपी लगाउँनेहरू पनि छ, पानी जस्तो विषयमा घोटला गर्नेहरू पनि छ, शिक्षामा घोटला गरेको छ, टेट परिक्षाको नाममा ४० हजार युवा भाइ वहिनीहरूको भविष्यसंग खेलवाड गरेको छ अध्यक्ष एडवाडर्सले भने। आफ्नो जातिलाई माया गर्ने, भष्ट्रचार विरोधी, गोर्खाल्याण्डलाई अन्तरात्मादेखि माया गर्नेहरू माझ अब हुने चूनावमा गठबन्धन हुनेछ हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले भने।

About Author

Advertisement