लोवर बरदाङ गाउँमा सफाई अभियान आयोजित

IMG-20230608-WA0356.jpg

गान्तोक: पश्चिम पाण्डाम क्षेत्र अन्तर्गत लोवर बरदाङको राष्ट्रिय राजमार्गमा आज बिहान गाउँ सफाई अभियान चलाइयो। यस सफाई अभियानमा पश्चिम पाण्डाम जीपीयूकी सभापति श्रीमती कुसुम तामाङ, वार्ड पञ्चायत अरुणा सुनार, बीडीओ आई. बी. छेत्री, एरिस्टो फार्मा कम्पनी बाघेखोलाका एचआर शैलेस राई, डब्लुडीएस सभापति श्रीमती निशा दूतराज, डब्लुआरपी श्रीमती रबिता राई, एसएचजीका सदस्यगण तथा गाउँलेहरुको सहभागिता रहेको थियो। सफाई अभियानमा सहभागिता जनाउनेहरुका निम्ति एरिस्टो फार्मा कम्पनी बाघेखोलाले पिउने पानी, चिया र खाजासहित मास्क, हेन्ड ग्लोब्स र बोराको व्यवस्था गरेको थियो।

About Author

Advertisement