मङ्पूका छोरी वर्षा छेत्रीले हासिल गरिन् पीएचडी

00-1-A-Mangpu-IMG-20230608-WA0320

मङ्पू: मङ्पू सिन्कोना बगान सिम्ले धुरा निवासी विमल छेत्री अनि श्रीमती कान्ता छेत्रीकी छोरी वर्षा छेत्रीले शिक्षा विभागमा मिजोराम बिश्वविधालयबाट पीएचडी थेशिस सफलतापूर्वक हासिल गरेकी छिन्। बाल्य शिक्षा शारदा उच्च माध्यमिक  विधालय अनि मङ्पू सरस्वती उच्चत्तर माध्यमिक विधालयबाट अध्यन गरि सफलता हासिल गर्दै वर्षाले सिक्किम  बिश्वविधालयबाट एमए अनि एमफिल पुरा गरेपछि मिजोराम विश्वविधालयबाट उनले शिक्षा  विभागमा पीएचडी हासिल गर्न सक्षम बन्दै परिवार साथै मङ्पूको नाम उज्ज्वल पार्न सक्षम  बनेकी छिन्। डा.वर्षा छेत्रीले २०२० मा नै युजीसी पास गरेकी छिन्। यसरी मङ्पूका छोरी डा. वर्षा छेत्रीलाई सर्वनाम समूह मङ्पूले हार्दिक बधाई अनि शुभकामना जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement