बाघडुग्राबाट अज्ञात वृद्धाको मृतदेह गरियो उद्धार

00-1-Chhetriya-Samachar-1

बाघडुग्रा: बाघडुग्रा ग्राम पञ्चायत कार्यालय अघिल्तिरबाट एकजना अज्ञात वृद्धाको मृतदेह उद्धार गरेको छ। आज बिहान ग्राम पञ्चायत कर्मी अप्पर बाघडुग्रा ग्राम पञ्चायत कार्यालय खोल्नको लागि आउँदा कार्यालय अघि एकजना वृद्धाका मृतदेह देखे यसपछि तिनले यसबारे स्थानीय ग्राम पञ्चायत प्रधानलाई सूचना दिए। खबर पाउन साथ प्रधान संजीव सिन्हा घटनास्थलमा पुगेर बाघडुग्रा थानालाई सूचना दिए। यसपछि पुलिस घटनास्थलमा पुगेर मृतदेहलाई उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवं अस्पताल पठाइ दिएको छ हालसम्म मृतकको चिन्हित हुन सकेको छैन।

About Author

Advertisement