भोलि हुने जीटीए चुनावको लागि चुनाव अधिकारीहरू विभिन्न बुथहरूतिर प्रस्थान

खरसाङ: भोलि हुने जीटीए चुनावको लागि खरसाङ क्षेत्रको समष्टीहरूको लागि आज चुनाव अधिकारीहरू विभिन्न बुथहरूमा आज गएका छन्। सबै चुनाव अधिकारीहरू खरसाङको सन्त अल्फन्सेस विद्यालयमा आज बिहान नै भेला भएर विभिन्न बुथहरूको लागि प्रस्थान भएका छन्। भोलि हुने जीटीए चुनावको लागि आज नै सबै चुनाव अधिकारीहरू आफ्नो आफ्नो बुथहरूमा पुगिसकेका छन्। आज बिहान पानी झरीमा पनि सबै चुनाव अधिकारीहरू सन्त अल्फन्सेस विद्याललमा भेला भएर आफ्नो बुथतिर प्रस्थान भईसकेका छन्।

प्राप्त जानकारी अनुसार भोलि हुने जीटीए चुनावको लागि खरसाङ विधान सभा समष्टीमा जम्मा १५ वटा समष्टिहरू रहेका छन् भने जम्मा ३२४ वटा चुनाव बुथहरू रहेका छन् अनि २२ जना रिटर्निङ अफिसरहरू रहेका छन्। खरसाङ क्षेत्रमा मात्रै यसपाली भोट हाल्ने मतदाताहरूका संख्या पुरुषहरू १२०५७८, महिलाहरू १२६१२७ अनि जम्मा २४६७०६ जना मतदातहरू रहेका छन्।

यस विषयमा सूचना अनि सांस्कृतिक विभाग खरसाङका अधिकारी दिपक कर्मकारले खरसाङको सन्त अल्फन्सेस विद्यालयमा पत्रकारहरूसित कुराकानी गर्दै भोलि हुने जीटीए सभाको चुनावको लागि खरसाङ महकुमा अन्तर्गत पर्ने सबै बुथहरूमा चुनाव अधिकारीहरू खरसाङको सन्त अल्फन्सेस विद्यालयमा भेला भएर आफ्नो आफ्नो बुथहरूतिर प्रस्थान भएको र भोलि चुनाव सकेर पुन: यही ल्याएर जमा गर्ने बताएका छन्। उनले आज बिहान ८ बजेदेखि नै चुनाव अधिकारीहरू भेला भएर आफ्नो आफ्नो बुथहरूमा चुनावको लागि प्रस्थान भएको बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *